दफा ५०
वर्गीकरणका आधारमा सेवा, सुविधामा प्राथमिकता दिन सकिने
: अपाङ्गता भएका व्यक्तिलाई राज्यको तर्फबाट कुनै सेवा, सुविधा तथा सहुलियत उपलब्ध गराउँदा अपाङ्गताको मात्रा, गाम्भीर्यता तथा निजको आर्थिक अवस्थाका आधारमा प्राथमिकता दिइनेछ ।